श्रीमानको हातमा प्रेमिकाको नामको ट्याटु, नवविवाहितले बस स्टपमै कुटिन्
टाइम्स न्यूज नेटवर्क
विवाहको पाँच दिनपछि श्रीमतीले श्रीमानको हातमा प्रेमिकाको नामको ट्याटु देखेर आफ्नो रिस नियन्त्रण गर्न सकिनन् । बस स्टपमा मानिसहरुको भीडको बीचमा नै उनले श्रीमानलाई कुट्न सुरु गरिन् । श्रीमान्ले भाग्ने निकै कोसिस गरे तर उनी श्रीमतीको रिसबाट बच्न सकेनन् ।
भारतमा बस्ने २२ वर्षकी नवविवाहित आफ्ना २० वर्षका श्रीमानसहित बस स्टपमा बसेकी थिइन् । त्यतिबेला नै उनको नजर श्रीमानको हातमा पर्यो । त्यहाँ एक महिलाको नामको ट्याटु बनेको थियो जो श्रीमानकी प्रेमिकाको थियो । यो देखेर श्रीमतीको मूड खराब भयो । सुरुमा त उनले श्रीमानलाई निकै गाली गरिन् र त्यसपछि कुट्न थालिन् ।
त्यहाँ उपस्थित अन्य मानिसहरुले उनीहरु दुबैलाई नजिकैको पुलिस स्टेशन पुर्याए । पुलिसले दुबैलाई सार्वजनिक रुपमा झगडा नगर्न सल्लाह दिए ।
स्रोतका अनुसार युवतीको यो दोस्रो विवाह थियो र उनीसँगको प्रेम विवाह पनि ।