बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजपालाई प्रधानमन्त्रीको जवाफ : तपाईँहरुका माग असान्दर्भिक भैसके

शुक्रबार, ०४ साउन २०७५, १० : २९
शुक्रबार, ०४ साउन २०७५

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका वृहत् योजना बनाउने प्रस्ताव गरेका छन् ।

बिहीबार साँझ राजपाका नेताहरुसँग बालुवटारमामा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव गरेका हुन् ।

तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदिका लागि वृहत् योजना बनाउन जरुरी भएको भन्दै ओलीले तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नुपर्ने बताए । 

सुगम ठाउँ भएर पनि न्यून साक्षरता दर र सामााजिक विकृतिबाट तराइका जनतालाई मुक्त गर्न जरुरी रहेको  प्रधानमन्त्रीको भनाई छ । 

‘यी सबै समस्या समाधानका लागि राजन्ीतिक रुपमा योजना बनाऔं र कार्यन्वयन गरौं’ ओलीले भने, ‘अघिल्लो सरकारले अघि सारेको जनता आवास कार्यक्रम प्रभावकारी भएन, त्यसको साटो तराईमा पनि एकिकृत वस्ती बसाउने सरकारको योजना छ’ उनको भनाई छ । 

भेटमा राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले राजपाले उठाउँदै आएका माग समेटेर ज्ञापनपत्र बुझाएका थिए ।

प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझ्दै राजपाले पहिला उठाएका कतिपय माग असान्दर्भिक भइसकेको जवाफ दिएका थिए ।

‘हिजोका कतिपय माग आज असान्दर्भिक भइसकेका छन् । त्यसमा तपाईंहरुले पनि पुन विचार गर्नुहेस्’ प्रधानमन्त्री ओलीको भनाई प्रधामन्त्रीको सचिवायले जनायो । 

संविधान संसोधनका बारेमा नेताहरुले राखेका जिज्ञासमा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने आश्वसन दिए । 

‘संविधानमा देखिएका त्रुटीहरुमा छलफल गरौँ तर यसैमा अल्झिएर नबसौं । देश विकासमा लागौँ’ ओलीको भनाई छ ।

तराइको बाढी,दुईबर्ष अघिको आन्दोलनका घाइतेको अवस्था र मुद्धा,तराइको विकास,मधेस र थारु आन्दोलनको छानविनका लागि बनेको आयोगको प्रतिवेदन र संविधान सशोधनका बिषयमा प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए ।

नेताहरु मह्न्थ ठाकुर,राजेन्द्र महतो,शरदसिंह भण्डारी,महेन्द्र राय यादव, राजकिशोर यादब र केशव झा छलफलमा सहभागि थिए । 

ओली नेतृत्वको सरकारलाई राजपाको समर्थन छ । 

केही समय अगाडि मात्र अर्को मधेशी दल संघीय समाजवादी फोरम, नेपाल सरकारमा सहभागी भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप