बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

खड्गवारलाई नमूना कृषि गाउँ बनाइने

शुक्रबार, ०४ साउन २०७५, १० : ४०
शुक्रबार, ०४ साउन २०७५

नेपालगञ्ज -बाँके जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तर्गतको कोहलपुर नगरपालिका वडा नं १३ स्थित खड्गवार गाउँलाई नमूना कृषि गाउँ बनाइने भएको छ । 

प्रदेश नं ५ सरकारले उक्त स्थानमा नमूना कृषि गाउँ निर्माण गर्न आवश्यक प्रक्रियासमेत अघि बढाएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनुभयो । 

प्रदेश सरकारले ल्याएको एक निर्वाचन क्षेत्रमा एक नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत बाँकेको खड्गबार गाउँलाई छनोट गरिएको हो । बाँकेका अन्य दुई निर्वाचन क्षेत्रका गाउँ अझै टुंगो नलागेको मन्त्री पौडेलले जानकारी दिनुभयो । 

किसानलाई प्रविधिको अभाव हुन नदिन एकजना प्राविधिक पनि प्रदेश सरकारले नै नियुक्ति गरेर नमूना गाउँमा खटाउने गरी कार्य अगाडि बढाइएको पनि उहाँले बताउनुभयो । 

प्रदेश नं ५ को भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्पmत प्रदेशअन्तर्गतका ५२ निर्वाचन क्षेत्रमा यसखाले नमूना कृषि गाउँ निर्माण हुने मन्त्रालयका सचिव यमनारायण देवकोटाले जानकारी दिनुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप