चुडामणिसहित तीनविरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता : अख्तियारद्वारा झण्डै ३३ अर्ब दाबी

person access_timeसाउन १, २०७४ chat_bubble_outline0

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको लगातार तेस्रो दिनको प्रयासपछि आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले यसअघि बिहीबार नै मुद्धा दायर गर्ने प्रयास गरेको थियो । शुक्रबार शर्मालाई बिशेष अदालतमा पुर्याइएपनि मुद्धा दायर हुन सकेको थिएन ।  


अख्तियारले शर्मासहित कर फछ्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध प्रतिव्यक्ति १० अर्ब ९६ करोड बिगो मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आईतबार मुद्दा दर्ता गरेको हो । 


अख्तियारको आरोप पुष्टि भए बिगो र त्यसको दोब्बर बराबर जरिवाना हुने व्यवस्था छ । उता, अख्तियारले उनीहरुविरुद्ध विस्तृत छानबिन सुरु गरेयता आयोग अध्यक्ष महत र सदस्य ढकाल फरार छन् । सदस्यसचिव शर्मा भने हिरासतमा छन् । 


यता, चूडामणि शर्माकी पत्नी कल्पना उप्रेतीले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दाको पनि सुनुवाई जारी छ । शुक्रबार रिट निवेदकतर्फका वकिलले बहस गरेका थिए भने आइतबार अख्तियारतर्फका वकिलले बहस गर्दैछन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ