बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान्सरपीडित सोनाली बेन्द्रेका छोराले आमाको क्यान्सरबारे थाहा पाउँदा यस्तो प्रतिक्रिया दिए, लेखिन् भावुक मेसेज

शुक्रबार, ०४ साउन २०७५, ०९ : २०
शुक्रबार, ०४ साउन २०७५

सोनाली बेन्द्रेले आफ्नो ट्वीटर अकाउन्टमा छोरा रनवीरसँगको एउटा फोटो सेयर गरेकी छिन् । यी फोटोसँगै सोनालीले एक भावुक मेसेजमा उनको छोराले आफ्नो क्यान्सरबारे थाहा पाउँदा कस्तो प्रतिक्रिया दिए भन्ने जानकारी दिएकी छिन् । आजकाल रनवीरको स्कूलमा गर्मी महिनाको बिदा भएका कारण उनी आमा सोनाली र बुवा गोल्डीसँग न्यूयोर्कमा छन् ।

१२ वर्षे छोराले आफ्नी आमाको रोगबारे थाहा पाएपछि कस्तो प्रतिक्रिया दिए, त्यसबारे सोनालीले आफ्नो पोष्टमा लेखेकी छिन् ।

यस्तो छ सोनालीको मेसेजः

‘आजभन्दा १२ वर्ष, ११ महिना र ८ दिनअघि जन्मिएदेखि नै उसले मेरो मनमा राज गरिरहेको छ । त्यतिबेलादेखि नै उसको खुसीलाई ध्यानमा राखेर म र गोल्डीले काम गरिरहेका छौं । र जब क्यान्सरले आफनो कुरुप अनुहारसहित टाउको उठायो, तब हाम्रो सबैभन्दा ठूलो द्वीधा यो थियो कि हामीले कहिले र कसरी उसलाई भन्ने । हामीलाई थाहा थियो कि उसलाई सबैकुरा राम्रोसँग बताउन आवश्यक थियो । त्योभन्दा धेरै हामी उसको रक्षा पनि गर्न चाहन्थ्यौं । हामी सधैं उनीसँग इमान्दार रहेका छौं र यसपटक पनि भिन्न भइरहेको थिएन । उसले यो खबरलाई पनि त्यति नै परिपक्वताका साथ लिए । त्यहिबेला देखि नै उनी मेरा लागि सकारात्मकता र ऊर्जाको स्रोत बनेका छन् । कहिले काँही हाम्रो भूमिका परिवर्तन हुन्छ । उसले मलाई अभिभावक जसरी सम्झाउने गर्छ ।

नायिका सोनाली बेन्द्रेले भनिन् : मलाई हाई ग्रेड क्यान्सर छ

मलाई लाग्छ कि बच्चाहरुलाई पनि यस्तो अवस्थामा समावेश गराउनु पर्छ । उनीहरु यस्तो अवस्थामा उमेरभन्दा धेरै परिपक्व हुन्छन् । यो महत्वपूर्ण हो कि हामीले उनीहरुलाई साइड लाइन गरेर प्रतिक्षा गर्नुको साटो उनीहरुसँग समय बिताउनुपर्छ । बच्चालाई सुरक्षा दिने भन्दै पीडा र जीवनको यथार्थबाट टाढा राख्दा सायद हामीले यसको विपरित गरिरहेका छौं ।

क्यान्सरसँग जुधिरहेकी सोनाली बेन्द्रलेले न्यूयोर्कबाट पोष्ट गरिन् आफ्नो नयाँ लूकका तस्बिर: लेखिन् यस्तो मेसेज

अहिले रनवीरको गर्मी महिनाको छुट्टी चलिरहेको छ र म उसँग समय बिताइरहेको छु । उसको बदमासीले मलाई उज्यालोतिर लैजान्छ र हामी एकअर्काको ताकत बनेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप