बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नहर बगाएपछि लघु जलविद्युत् बन्द

शुक्रबार, ०४ साउन २०७५, ०८ : ५५
शुक्रबार, ०४ साउन २०७५

जाजरकोट - रुकुम पश्चिमकोे चौरजहारी नगरपालिका–७ मा रहेको लाबुर खोला लघु जलविद्युत् आयोजना बन्द भएको छ । 

अविरल वर्षासँगै आएको बाढीले विद्युत् नहर बगाएपछि विद्युत् उत्पादन सेवा अनिश्चित समयका लागि बन्द भएको हो । ८० किलोवाट विद्युत् उत्पादन क्षमता रहेको उक्त हाइड्रोपावरबाट उत्पादन भएको विद्युत् करीब एक हजार २०० घरधुरीले प्रयोग गर्दै आइरहेका थिए । विद्युत् आपूर्ति सेवा बन्द भएसँगै वडा नं ७ को नार्जी, खत्रीगाउँ, कुमाइगाउँ, काप्रा, वडा नं ८ को सोतिखोला, बसिगाउँ, सोती गेष्मा र वडा नम्बर ९ को कोटगाउँ र गुर्तालगाउँका उपभोक्ता विद्युत् सेवाबाट वञ्चित भएका छन् । 

आर्थिक अभावले खहरे खोलाले बगाएको विद्युत् कुलो पुनःनिर्माण गर्न नसकिएको समितिका अध्यक्ष एवं वडा नम्बर ७ का अध्यक्ष इन्द्रलाल शर्माले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप