शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रियालिटी चेकः विवाह वा लिभ इन, कुन चाहिँ राम्रो ?

आइतबार, ०१ साउन २०७४, १३ : २०
आइतबार, ०१ साउन २०७४

बीबीसी

संसारभरी लिभ–इनमा बस्ने चलन पछिल्लो केही दशकमा ह्वात्तै वृद्धि भएको छ । लिभ–इन त्यस्तो सम्बन्ध हो जसमा दुई वयस्क एक अर्कासँग विवाह नगरी सँगै बस्छन् ।

यो चलन सँगै संसारभरी यसको विवाहसँग तुलना हुन सुरु भइसकेको छ । विवाह राम्रो कि लिभ–इन, यसबारे भिन्न भिन्न समाजका मानिसहरुबिच अध्ययन पनि भइरहेको छ । यस्तै एक रियालिटी चेक बेलायती समाजमा पनि भएको छ ।

यद्यपी, यो अध्ययन केवल बेलायती समाजको हो तर यसको एक झलकले सम्बन्धलाई मिलाउने काम गर्दछ । के हो यो अध्ययन ?

इंगल्याण्ड र वेल्सको नेशनल स्ट्याटिक्स अफिस (ओएनएस) को आँकडा अनुसार केही मात्र जोडीले सम्बन्धविच्छेद गरिरहेका छन् ।

यी आँकडाका अनुसार सन् २०१५ मा इंगल्याण्ड र वेल्समा १ लाख १ हजार ५५ जोडीले सम्बन्धविच्छेद गरे । योभन्दा अघिल्लो वर्षको तुलनामा यो ९.१ प्रतिशत कम थियो र सन् २००३ मा जब यो घटनामा सबैभन्दा बढि वृद्धि भएको थियो त्योभन्दा ३४ प्रतिशत कम थियो । सन् २०१५ को आँकडा अनुसार महिला र पुरुष दुबैमा सम्बन्धविच्छेदको दर ९.३ बाट झरेर ८.५ मा आइपुगेको छ ।

विवाहको आँकडाः

पछिल्लो ४५ वर्षदेखि विपरित लिङ्गी सेक्स पार्टनरसँग विवाह गर्नेको संख्यामा पनि कमी आएको छ । सन् २०१४ मा २ लाख ४७ हजार ३ सय ७२ जोडीले इंगल्याण्ड र वेल्समा विवाह गरे ।

यो आँकडा सन् २०१३ को तुलनामा केही धेरै थियो । सन् २०१३ मा सबैभन्दा कम विवाह भएको रेकर्ड छ ।

ओएनएसको मान्यता अनुसार यस्तो यसकारण पनि हुनसक्छ कि मानिसले १३ अंकलाई अशुभ मान्ने भएकाले विवाह नगरेको हुनसक्छ । यद्यपी, विवाहको ट्रेन्ड यस्तो भइरहेको छ कि सन् १९७२ मा ४ लाख २७ हजार विवाह भयो जुन अहिलेसम्मको रेकर्ड हो ।

लिभ–इनमा बस्ने चलनः

जतिबेला विवाह धेरै स्थायी थियो त्यतिबेला मानिसहरु कम विवाह गरिरहेका थिए । यसमा गिरावट यसकारण पनि आइरहेको छ किनभने ठूलो संख्यामा मानिसहरु एक्लै बस्न रुचाइरहेका छन् वा विवाह नगरी सँगै बसिरहेका छन् ।

यो यस्तो समय हो जब दुई मानिसहरुबिच शारिरिक सम्बन्धको तुलनानमा लिभ–इनमा बस्नु लज्जास्पद मानिन्छ । यद्यपी, लिभ–इनमा बस्नेहरुको केही आधिकारिक रेकर्ड छैन ।

ओएनएसको तर्फबाट जारी गरिएको आँकडा अनुसार बेलायत र वेल्सको ९.८ प्रतिशत जनसंख्या सन् २०१६ मा सँगै बस्दथे । सन् २००२ मा यो आँकडा ६.८ प्रतिशत थियो ।

विवाह गर्ने कि नगर्ने ?

सँगै बस्ने जोडीहरुमध्ये कति अलग्गिए वा विवाहित जोडीको तुलनामा कति खुसी छन् भन्ने बारे निश्चित आँकडा भेटिएको छैन ।

विवाहित जोडीको तुलनामा लिभ–इनमा बस्नेहरुले चाँडै नै सम्बन्ध समाप्त गर्छन् त भन्ने प्रश्न उठिरहेको छ ।

विवाह वा लिभ–इनः

यो प्रश्नको जवाफका लागि मिलेनियम कोहार्ट स्टडी सहयोगी हुनसक्छ जसमा सन् २,००० देखि २००१ का बिच यूकेमा जन्मिएका १९ हजार बच्चाको जीवनमाथि अनुसन्धान गरिएको छ ।

यो आँकडामाथि गरिएको अनुसन्धान अनुसार ९ प्रतिशत जोडी जो बच्चा जन्मिँदा सँगै थिए, बच्चा पाँच वर्षको हुञ्जेलसम्म उनीहरु अलग्गिसकेका थिए । जबकी यो क्रममा लिभ–इनमा बस्ने २७ प्रतिशत जोडी अलग्गिए ।

यसले स्पष्ट हुन्ट कि विवाहित मानिसको तुलनामा लिभ–इनमा बस्ने जोडी जसको सन्तान पनि छन्, उनीहरु चाँडै अलग्गिन्छन् ।

म्यारिज फाउन्डेशनका ह्यारी बेनसन र यूनिभर्सिटी अफ लिंकनका प्राध्यापक स्टिफेन म्याक्केयले यूकेका ४० हजार घरमाथि गरिएको अनुसन्धानमा एक अर्को आँकडा सार्वजनिक गरे ।

उक्त आँकडा अनुसार बच्चा जन्मिनु पहिले जो विवाहित थिए, सन् २००९–१० मा जब बच्चा १४ वा १५ वर्षका थिए तब उनीहरु अलग्गिएको आँकडा २४ प्रतिशत थियो । तर जो बच्चा जन्मिने बेला विवाहित थिएनन् उनीहरु अलग्गिएको आँकडा ६९ प्रतिशत थियो ।

यद्यपी, सबै अनुसन्धानमा ती लिभ–इन पार्टनरमात्र भेटिएका छन् जसका सन्तान छन् ।

जबसम्म लिभ–इनमा बस्नेहरुको स्पष्ट डाटा भेटिँदैन त्यतिबेलासम्म कति जोडी सँगै छन् वा कति अलग्गिए भन्ने बारे थाहा पाउन मुश्किल छ ।

यद्यपी, सम्बन्धविच्छेदको मामलामा आइरहेको कमीले यो कुरातर्फ इशारा गरिरहेको छ कि विवाहमा स्थायित्व आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप