अस्पताललाई युद्धभूमि बनाई अपहरण शैलीमा जुम्लाबाट काठमाडौँ ल्यायोः डा. केसी
काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारी टोलीले २० दिनपछि काठमाडौं ल्याएको छ । बिहीबार डा. केसीलाई काठमाडौ ल्याइएको हो ।
काठमाडौं ल्याएलगत्तै डा. केसीले केपी ओली नेतृत्वको सरकारले आफ्नो इच्छा विपरित अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको आरोप लगाएका छन् ।
बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले आफूलाई अमानवीय रुपमा क्रुरतापूर्वक सत्याग्रहीको इच्छा विपरित अस्पताललाई युद्धभूमि जस्तो बनाएको बताएका छन् । विज्ञप्तिमा उनले भनेका छन्, ‘सरकारले गरेको ज्यादतीपूर्ण व्यवहारको घोर भत्र्सना गर्दछु ।’
‘यस सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहेका नेपालीहरूप्रति आभार व्यक्त गर्दछु,’ डा. केसीले भने, ‘सरकारको ज्यादतीबाट घाइते भएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ज्यादतीमा संलग्न हुने दोषीहरूलाई कारवाहीको माग गर्दछु ।’
विज्ञप्तिको अन्त्यमा डा. केसीले माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने बताएका छन् ।
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरू,
चिकित्सा शिक्षा सुधारको माग गर्दै म जुम्लामा २० दिनदेखि अनसन सहितको सत्याग्रह गरिरहेको सबैलाई विदितै छ । त्यसै क्रममा खड्ग प्रसाद ओलीको नेतृत्वको वर्तमान सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ । सरकारले गरेको ज्यादतीपूर्ण व्यवहारको घोर भर्त्सना गर्दछु ।
यस सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहनु हुने नेपालीहरूप्रति आभारी छु । सरकारको ज्यादतीबाट घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । ज्यादतीमा संलग्न हुने दोषीहरूलाई कारवाहीको माग गर्दछु ।
माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने कुरा जानकारी गराउँछु । साथै आम नागरिकहरूलाई सदा जस्तै ऐक्यबद्धताको लागि हार्दिक आह्वान गर्दछु ।
प्रा.डा. गोविन्द केसी
शिक्षण अस्पताल, महाराजगञ्ज ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान