लागूऔषध खुवाएर भारतमा एक रुसी महिलामाथि सामूहिक बलात्कार
नयाँ दिल्ली । भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने छ भारतीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती महिलालाई हप्तादिन ती रुसी पर्यटक महिलाई लागूऔषध खुवाएर बलात्कार गरिएको थियो ।
प्रहरीले ती महिलालाई बलात्कार गर्ने व्यक्तिको खोजी जारी राखेको थियो । त्यस कुकर्ममा संलग्न छ जनालाई बिहीबार पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।
ती महिला बस्ने होटलकै कोठामा बलात्कृत भएकी थिइन् । २१ वर्षीय ती रुसी महिलाको अनुहारमा घाउ भएको र उनी नाङ्गो अवस्थामा होटेलको कोठामा फेला परेकी थिइन् ।
हप्ता दिनअघि भएको यस बलात्कारको घटनामा संलग्न रहेको आशङ्कामा छ जना व्यक्तिकालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताइएको छ ।
भारतमा यस्ता बलात्कारका घटनामा वृद्धि भएपछि कडा कानुन ल्याइएको छ । तर सो कानुनले पनि यस्तो कुकर्मलाई भने रोक्न नसकेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा