बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘हेजिङ फन्ड’ दिगो हुनुपर्नेमा मन्त्री पुनको जोड

बिहीबार, ०३ साउन २०७५, २० : ३३
बिहीबार, ०३ साउन २०७५

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले वैदेशिक मुद्राको जोखिम व्यवस्थापन गर्न बनाउन लागेको ‘हेजिङ फन्ड’ दिगो हुनुपर्नेमा जोड दिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बिहीबार भएको छलफलमा उहाँले यसमा जोड दिएका हुन् । 

जलविद्युत लगानी तथा विकास कम्पनीले हेजिङ फन्ड स्थापना गर्नेबारे तयारी गरिरहेको छ । तयारीकै क्रममा राय सुझाव लिन मन्त्रालयमा यससम्बन्धी प्रस्तुती गरिएको थियो । उक्त अवसरमा मन्त्री पुनले एक पटक फन्ड स्थापनापछि लामो समय काम गर्न सक्ने हुनुपर्ने बताए । 

कम्पनीले फन्ड स्थापनाबारे यसअघि अर्थ मन्त्रालयसँग पनि राय मागेको थियो । यसक्रममा मन्त्रालयले जलविद्युत मात्र नभइ होइन दीर्घकालसम्म पूर्वाधार आयोजनामा विदेशी लगानी हुँदासमेत व्यवस्थापन हुने गरी काम गर्नुपर्ने सुझाएको थियो 

अहिलेसम्म वैदेशिक लगानीबाट हुने जोखिम वा विदेशी मुद्रा (अमेरिकी डलर) मा उतारचढाव आउँदा व्यवस्थापन गर्ने संयन्त्र छैन । यही कारण अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पिपिए) हुँदा सधैं विवाद हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप