डा.केसी यी भयावह दृश्य देख्न नसकेपछि काठमाडौं आउन तयार भए, हेर्नुहोस् १० तस्विर
बिहीबार, ०३ साउन २०७५, २० : ०२
काठमाडौं– जुम्लामा आमरण अनसन बसेका प्राडा. गोविन्द केसी समर्थक र प्रहरीबीच झडप भएको छ । बिहीबार डा. केसीलाई काठमाडौं ल्याउन शिक्षा मन्त्रालयका सचिव, कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको थियो ।
त्यसक्रममा अनसनस्थलमा सरकारी टोलीलाई केसी समर्थकले प्रवेश गर्न नदिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । झडपमा प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु घाइते भएका छन् । झडपका बेला अस्पताल परिसर युद्ध मैदानजस्तै भएको थियो । झडपमा एक प्रहरी जवान समेत घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको बताइएको छ । झडपपछि केसीले अस्पतालमा सरकारी धरपकडले थप समस्या आउने भन्दै बरु आफू काठमाडौ जान सहमत रहेको जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जना एसएसपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने