बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई कालो झण्डा देखाउने विद्यार्थी नेताहरु पक्राउ

बिहीबार, ०३ साउन २०७५, १९ : २४
बिहीबार, ०३ साउन २०७५

काठमाडौँ– प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नयाँ शक्ति पार्टीका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालोझण्डा देखाउने क्रममा नयाँ शक्ति बिद्यार्थी युनियनका केन्द्रीय महासचिव नेत्र चापागाई, सचिव रेशम सापकोटा, सदस्य नरेन्द्र बस्याल, ४ नम्बर प्रदेश सचिव संगीत लामिछाने लगाएतका नेता कार्यकर्ता पक्राउ परेका छन् ।

नयाँ शक्ति बिद्यार्थी युनियनले पक्राउ गरिएका संगठनका सबैलाई तत्काल रिहा गर्न सरकारसंग माग गरेको छ ।

उक्त संगठनले एक विज्ञति जारी गरी संगठनको सार्वभौम नेपाली जनताको स्वतन्त्रतापूर्वक भेला हुने, विरोध गर्न पाउने हक अधिकारको विपरित केपी ओली सरकारले अधिनायकवादी शैलिमा शान्तिपुर्ण रुपमा प्रदर्शनमा उत्रिएका आफ्नो संगठनका केन्द्रिय महासचिव नेत्र चापागाई, सचिव रेशम सापकोटा, सदस्य नरेन्द्र बस्याल, ४ नम्बर प्रदेश सचिव संगीत लामिछाने लगायतलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।  उनीहरुलाई प्रहरीले प्रदेश सभाको कार्यालय, पोखराबाट धरकपट गरी अपहरणशैलीमा गीरफ्तार गरीएको घटनाको घोर निन्दा गर्दै, गिरफ्तार गरिएका नेता–कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न उक्त संगठनले माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप