बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको मुलपानीमा विद्यार्थी चढेको बस दुुर्घटना, ५८ जना घाइते

बिहीबार, ०३ साउन २०७५, १९ : २२
बिहीबार, ०३ साउन २०७५

भक्तपुर । काठमाडौँको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा २ क ९२५० नं को स्कूल बस आज अपराह्न ५ बजेतिर मध्यपुरथिमिको नीलबाराहीमा दुर्घटना हुँदा ५८ विद्यार्थी घाइते भएका छन् । 

दुर्घटनामा घाइतेमध्ये ४१ जनाको मध्यपुर अस्पताल र १७ जनाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ । 

घाइतेमध्ये गम्भीर पाँच जनाको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक मनोज केसीले जानकारी दिए । 

दुर्घटनाको कारण खुल्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप