शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सगुनको आइडिया इनोभेटिभ छः एनआरएन पूर्व अध्यक्ष उपेन्द्र महत्तो

बिहीबार, ०३ साउन २०७५, १९ : ०९
बिहीबार, ०३ साउन २०७५

काठमाडौं  । गैरआवासिय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले सोसियल इकमर्स साइट सगुनको आइडियाले प्रभावित भएको बताएका छन् । 

महत्ताले पछिल्लो समय आफूलाई सगुनको आइडियाले तानेको र सगुनको युजरलाई उनीहरुले विताएको समयका आधारमा कम्पनीले आफ्नो कमाइको केही हिस्सा दिने भनी सगुनले ल्याएको योजना निकै इनोभेटिभ भएको बताए । 

सगुनमा पछिल्लो समय गैरआवासिय नेपालीले लगानी गरिरहेका छन् । सगुनमा लगानी गर्नेहरुको संख्या अहिले ३५०० नाघेको छ । यस कम्पनीले अहिले मिनी आइपिओ मार्फत विश्वभर सेयर निस्कासन गरिरहेको छ ।

‘सोसियल मिडियामा युजरहरुलाई रिवार्ड दिने कुरा पहिलो पटक सगुनबाटै सुनेको हुँ, महत्तोले भने, ‘सोसियल मिडियालाई माथि पुर्याउन हरेक युजरको योगदान हुन्छ भन्ने ठानेर सगुनले यस्तो आइडिया ल्याएको हो । आफूले समय विताए वापत केही रकम पाउँदा युजरमा त्यस सामाजिक सञ्जालप्रति अपनत्व बढ्छ । सगुनको यस्तो आइडिया इनोभेटिभ छ । यसले सबैलाई तान्ने मेरो विश्वास छ ।’ 

महत्तोले यस्तो आइडियाको नक्कल अरुले गर्न सक्ने भएकाले छिट्टै प्रगोगमा ल्याइहाल्न उनले आग्रह समेत गरे । ‘पहिलो बन्न निकै गाह्रो छ,’ उनले भने, ‘पहिलो बनेर पूर्ण प्रयोगमा ल्याउन सके अथाह अवसर छ ।’

गैरआवासिय नेपालीहरुले संसारको जुनसुकै ठाउँमा बसेर नेपालको प्रगतिका लागि सोचिरहेको महत्तोको भनार्इ छ । सगुनको प्रगतिबाट आफू प्रभावित भएको उनले बताए ।

 ‘सगुनका संस्थापक गोविन्द गिरीले संसारको जुनसुकै स्थानमा राम्रो अवसर पाउनसक्नु हुन्थ्यो । उहाँलाई कहाँ काम खोज्ने, कति तलब पाउँछु भन्ने चिन्ता थिएन,’ महत्तोले भने, ‘मैले केही काम गरेँ भने नेपालीको पहिचान बढ्छ भनेर उहाँले सगुनको विकास गर्नु भयो ।’ 

उहाँले देखेको सपनाले प्रगति गर्दा नेपालको नाम जोडिएर आउने उनको भनाइ छ ।

‘डिफरेन्ट कन्टेन्टहरुलाई एउटै प्लेटफर्ममा जोड्ने कुरा सगुनले गरेको छ । घरमै बसेर डिपार्टमेन्टल स्टोर खोल्ने सिस्टम, इ–पेमेन्ट सिस्टमहरुको विकास सगुनले गर्दैछ,’ उनले भने, ‘भोलि यस्तो काम कसै न कसैले जोड्छ । कसले पहिला सुरु गर्यो, कसले छिटो गर्यो भन्ने कुराले संसारलाई प्रभाव पार्छ । गोविन्द गिरीले त्यसको सुरुआत गर्नु भयो भन्ने सुन्दा म धेरै खुशी भएको थिएँ ।’ 

सगुनका संस्थापक गिरी दिनरात नभनेर सगुनको विकासमा लागिरहेकाले उहाँ सफल हुनुहुन्छ भन्ने विश्वास आफूलाई लागेको महत्तोले बताए । 

 ‘फेसबुक, ट्वीटर, उवरजस्ता कम्पनीमा कहाँबाट कसले लगानी गरेको छ भन्ने थाहै नहुने स्थिति छ,’ महत्तोले भने, ‘मानिस पछिल्लो समय सूचना प्रविधिप्रति अभ्यस्त हुँदै गएको छ, सगुनले समाजलाई फरक खालको सामाजिक सञ्जाल दिँदैछ । त्यसैले यसको भविष्य उज्वल छ ।’
 
सगुनले सर्बसाधारणका लागि स्टार्टअप चरणमा लगानी गर्न अवसर दिएको छ । सगुनले निष्कासन गरेको मिनीआइपिओ यही जुलाइ २६ तारिकमा बन्द हुँदैछ । 

सगुनले निस्कासन गरेको मिनीआइपिओमा बैक खाता भएका व्यक्ति तथा संस्थाबाट विश्वभरबाट कम्तिमा एक हजार डलर लगानी गर्न सकिन्छ । तर नेपाल भित्रबाट भने लगानी गर्न सकिँदैन तर बिदेशमा बस्ने बैंक खाता भएका नेपाली भने यसबाट लाभान्वित हुनेछन् । 

सगुनको आधिकारिक पेज www.sagoon.com/invest  मा भएको लाइभ च्याटबाट चौबिसै घण्टा लगानी सम्बन्धी जानकारी लिनसकिने बताइएको छ । सगुनको सेयरमा क्रेडिट÷डेविट कार्डमार्फत र वायर ट्रान्सफर गरेर रकम बुझाउन सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप