आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

डा. गोविन्द केसीलाई काठमाडौं ल्याइयो, जुम्ला झडपबारे बोल्यो गृह मन्त्रालय

बिहीबार, ०३ साउन २०७५, १९ : ०७
बिहीबार, ०३ साउन २०७५

काठमाडौं– जुम्लामा अनसन बसेका डा। गोविन्द केसीलाई सरकारी टोलीले २० दिनपछि काठमाडौं ल्याएको छ ।  बिहीबार डा। केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौ ल्याइएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञिप्ति जारी गरी अनसनरत केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको भन्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुको सिफारिसका आधारमा उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो । उनलाई अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । डा. केसीलाई अपरान्ह ३ बजेर ४० मिनेट जाँदा सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको मन्त्रालयले जनाए पनि काठमाडौं भने साँझ ७ बजे ल्याईपुर्याएको छ । 

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सरकारले हेलिकोप्टरसहितको टोली बिहीबार बिहान जुम्ला पठाएको थियो । सुरुमा सरकारी टोली जुम्ला पुगेर केसीसँग छलफल गर्न खोज्दा केसी समर्थकले विरोध जनाउँदा झडप समेत भएको थियो । झडपपछि केसीले अस्पतालमा सरकारी धरपकडले थप समस्या आउने भन्दै बरु आफू काठमाडौ जान सहमत रहेको जनाएका थिए । मन्त्रालयले डा.केसीलाई लिन गएको टोलीलाई अस्पताल परिसरमा पस्न नदिएपछि झडप भएको दाबी गरेको छ ।

 विज्ञप्तिमा भनिएको छः ‘सेनाको हेलिकोप्टरम कर्णाली प्रदेशका मुख्यमन्त्री, आन्तारिक  मामिला तथा कानुमन्त्री, वार्ता टोली संयोजक शिक्षा, ज्ञिान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र चिकित्सकको टोली डा. केसीलाई भेट्न पुगेको थियो । निजलाई भेट्नका लागि उक्त टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेकोमा सो प्रतिस्ठानका विद्यार्थी, कर्मचारी लगायतले भित्र पस्न नदिएको र सुरक्षाकर्मीमाथि हुलहुज्जत गरी प्रतिष्ठानको माथिल्लो तलाबाट सिसा, कुर्सी लगायतले सुरक्षाकर्मीमाथि प्रहार गरेको थियो ।’   सो क्रममा प्रहरी जवान कमल आचार्य घाइते भएका उनको अवस्था अहिले गम्भीर रहेको मन्त्रालयले जनाइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप