शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लण्डनमा आयोजना हुँदै ‘पृथ्वी परिक्रमा अवार्ड’

आइतबार, ०१ साउन २०७४, १२ : ५९
आइतबार, ०१ साउन २०७४

लण्डन – बेलायतको लण्डनमा हालै ‘बक्स अफिस फिल्म फेयर अवार्ड २०१७’ सम्पन्न गरेको बक्स अफिस फिल्म क्लवले ‘पृथ्वी परिक्रमा अवार्ड’ आयोजना समेत गर्ने भएको छ ।


बक्स अफिस इन्टरनेसनल ग्रुप र बेलायतमै बसोबास गर्नेहरुको संस्था नेप्लिज आर्टिस अर्गनाइजेसनले यो अवार्ड संयुक्त रुपमा आयोजना गर्न लागेको हो । अवार्डको संयोजन नेप्लिज आर्टिस अर्गनाइजेसनका पुर्व महासचिव सुरेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् । 


अवार्डमा विदेशमा रहेर नेपाली कला, संस्कृति र सामाजिक विकासको लागि योगदान गर्ने ५१ ब्यक्तिलाई ‘पृथ्वी परिक्रमा अवार्ड २०७४’ले सम्मान गरिने आयोजक रामबहादर सुवेदी (आर.के)ले जानकारी दिए ।


अवार्डको ब्यावस्थापन मिलाउन आर.के अहिले लण्डनमै छन् । लण्डनमा शनिबार आयोजित एक कार्यक्रममा अवार्डको विभिन्न पक्षहरु समेत सार्वजनिक गरियो । 
काठमाडौं रेस्टुरेन्ट नर्थफिल्ड् लन्डनमा आयोजित कार्यक्रममा अवार्ड आयोजक र प्रायोजकबीच सम्झौता समेत भयो ।


अवार्डका लागि कानुनी परामर्शमा राजु थापा, प्रचार प्रसारमा नविन पोखरेल, शिव भण्डारी, एभरेष्ट गौतम र सुरेश श्रेष्ठ छानिएका छन् । 


बेलायत पछि क्यानडा, बेल्जियम, अस्ट्रेलिया लगायत देशमा ‘पृथ्वी परिक्रमा अवार्ड’ आयोजना गर्ने लक्ष्य आयोजक सुवेदीको रहेको छ । उनले आगामी २० बर्षभित्र संसार भरिनै अवार्ड आयोजना गरेर वल्र्ड रेकर्ड राख्ने आफ्नो उद्देश्य रहेको बताए ।


सगरमाथा रहेको र गौतम बुद्ध जन्मेको नेपालमा आफु जन्मिएकोले यो देशको नाम संसार भर फैल्याउन आफुले अवार्ड कार्यक्रममा थालेको सुवेदीको भनाई छ । सुवेदीले उडिरहेको हवाइ जहाजमा अवार्ड कार्यक्रम गरेर विश्व किर्तिमान बनाएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप