शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेगा बैंकका अध्यक्ष भोज बहादुर शाहले लिए सपथ

बिहीबार, ०३ साउन २०७५, १८ : ३५
बिहीबार, ०३ साउन २०७५

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको सातौं वार्षिक साधारणसभाबाट बैंकको अध्यक्षमा चयन भएका भोज बहादुर शाहले नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाल समक्ष संचालक समितिको अध्यक्षको सपथ लिएका छन् ।

मेगा बैंकको शुक्रबार राति काठमाडौँमा सम्पन्न साधारण सभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको थियो । साधारण सभामा छलफल तथा अनुमोदनका लागि पेश भएका सम्पूर्ण प्रस्ताव सभाले पारित गरेको थियो ।

वार्षिक साधारण सभाबाट बैंकको चुक्ता पुँजीको १०.७५ प्रतिशत बोनस शेयर पारित गर्ने निर्णय पनि गरेको थियो । चुक्ता भएको साधारण शेयरको आधारमा मेगा बैंक वाणिज्य बैंकहरु मध्येकै दोस्रो ठुलो बैंकको रुपमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप