बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालद्धारा रक्तदान कार्यक्रम आयोजना

बिहीबार, ०३ साउन २०७५, १८ : २८
बिहीबार, ०३ साउन २०७५

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आफ्नो २९ आंै वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा बिहिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संघका पूर्व अध्यक्ष एवं रक्तदाता शिवकुमार अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरे ।

संघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद जोशीको संयोजकत्वमा सम्पन्न रक्तदान कार्यक्रममा ९० जना रक्तदाताहरुले रक्तदान गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप