‘रोमियो एण्ड मुना’गीत: ‘तिम्रै लागि हो’मा रोमान्टिक देखिए श्रृष्टि र विनय
काठमाडौ – ११ साउनबाट प्रदर्शनमा आउने चलचित्र हो ‘रोमियो एण्ड मुना’ । रिलिजको करिब एकसाता बाँकी रहँदा निर्माण युनिटले चलचित्रको एक रोमान्टिक गीत सार्वजनिक गरेको छ । बोल रहेको सार्वजनिक रोमान्टीक गीतमा कलाकार विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ रोमान्टिक मुडमै देखिएका छन् । निकै आकर्षक लोकेसन सहित छायाँकन गरिएको गीतमा श्रृष्टि र विनय रियल प्रेमीकै रुपमा उत्रिएका छन् ।
हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको यस गीतमा गौरव डगोकरको स्वर छ । कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन् । यो सहित रोमियो एण्ड मुनामा समावेश ६ गीत सार्वजनिक भैसकेका छन् । यो गीतलाई दर्शकले रुचाउने निर्माण युनिटको विश्वास रहेको छ ।
नरेशकुमार केसीको निर्देशन रहेको ‘रोमियो एण्ड मुना’ मा विनय र सृष्टि शीर्ष भूमिका रहेको छ । प्रशन्न गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य मिलेर बनाएको चलचित्रमा प्रज्वल सुजल गिरी, सुष्मा कार्की र सुरक्षा पन्तको समेत अभिनय देख्न सकिन्छ । चलचित्र लभ स्टोरी जनरामा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?