‘ड्रिम गर्ल’मा विदेशी कलाकार
कठमाडौं – पछिल्लो समय निर्माण भएका केही नेपाली चलचित्रमा विदेशी कलाकार समेत देख्न पाइएको छ । यस्तैमा असोज १९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘ड्रिम गर्ल ’मा पनि विदेशी कलाकारको अभिनय देख्न सकिन्छ ।
चलचित्रमा थाइल्याडका पनिपत हंसरिके, डनयी नामक्यु लगायत तीन कलाकारको पनि अभिनय रहेको निर्देशक ऋषिराज आचार्यले बताए । ‘कथाको माग अनुसार थाइल्याण्डका कलाकार चलचित्रमा राखिएको हो’ निर्देशक आचार्यले भने ‘विदेशी कलाकार भएपनि अभिनय राम्रो गरेका छन् ।’
स्वदेशको काठमाडौं, रारा क्षेत्र लगायत बिभिन्न स्थानको साथै थाइल्याण्डको पुकेट, कमला बृच लगायतका थुप्रै स्थानमा छायाँकन भएको चलचित्र आर.बि मुभिजले रिल एण्ड रियल सिनेमासँगको सहकार्यमा निर्माण गर्न लागेको हो । चलचित्र निर्देशक आचार्य र अर्जुन शर्माले मिलेर बनाएका हुन् । यसका सह निर्माता सह–निर्माता रामेस्वर धिताल रहेका छन् ।
नव–कलाकार आकाश श्रेष्ठ, आष्मा गिरी, सरोज खनाल, विल्सन बिक्रम राइ, लक्ष्मी गिरी, रुप सुवेदी, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी लगायत कलाकारको अभिनय रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतको एक्सन र गम्भिर बिष्टको नृत्य रहनेछ । चलचित्र निर्माणमा साउथ इन्डियन ब्यानरले पनि सहकार्य गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा
-
आईक्यूब इलेक्ट्रिक स्कुटरमा लाइफ टाइम ब्याट्री अस्योरेन्स, मूल्य २ लाख ९९ हजार
-
नोट १३ सिरिजका नयाँ वर्ष अफर अझै जारी
-
जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक छ: मन्त्री बस्नेत