प्रदेश नम्बर ३ः कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगित
काठमाडौं– वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेपछि प्रदेश ३ को प्रदेशसभा बैठक पनि स्थगित भएको छ । केसीको माग सम्बोधन हुनुपर्ने सहित सभामुख र उपसभामुख एकै दलको भएको, मूल्यवृद्धि भएको, संविधान विपरित जनयुद्ध शब्दावलीको प्रयोग गरिएको, गिटी, ढुंगा, बालुवामा लगाइएको कर बढि भएको भन्दै काँग्रेसले अवरोध गरेपछि विहिबार हेटौडामा बसेको प्रदेश ३ को प्रदेशसभा बैठक स्थगित गरिएको हो ।
बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बाँनियाले सरकारले पूर्ववर्ती सरकारले ल्याएको अध्यादेशलाई तोडमरोड गरेर ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता नलिएसम्म सदन अवरोध गर्ने घोषणा गर्नु गरेका थिए । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक भोली शुक्रबार ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी गराएका थिए ।
प्रदेशसभाको आजको बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेश गर्ने कार्यसूचि तय गरिएको थियो । गत जेठ २६ गते प्रदेशसभामा दर्ता गरिएको समितिको प्रतिवेदनमा काभ्रे, चितवन, भक्तपुर, नुवाकोट र मकवानपुरलाई प्रदेशको राजधानीमा सिफारिस गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आप्रवासी कामदारका सम्बन्धमा २०२२ को विश्वकप अघिकै अवस्थामा फर्कियो कतार
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
-
राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताबाट लोकतन्त्र दिवसको उपहास, शुभकामना दिनै कन्जुस्याइँ !
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’