मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर १ः सामाजिक विकास मन्त्रालयले सार्वजनिक गर्यो प्रगति विवरण

बिहीबार, ०३ साउन २०७५, १६ : ५८
बिहीबार, ०३ साउन २०७५

विराटनगर–  प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामाजिक विकास मन्त्रालय स्थापना भएदेखि असार मसान्तसम्म मन्त्रालयबाट भएका प्रगति विवरण आज यहाँ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् । 

गएको फागुनमा स्थापना भएको मन्त्रालयले छोटै समयमा जनहितका थुप्रै काम गरेको र यसबाट प्रदेशका जनता निकै लाभान्वित भएको मन्त्री घिमिरेले दाबी गरे ।  उनले आफ्ना मातहतमा रहेका क्षेत्रको सम्मुनत विकासका लागि विशेष ध्यान दिएको, सरकारी अस्पताललाई पहिलो उपचार केन्द्रका रुपमा विकास गर्ने योजनाअनुसार कार्य प्रारम्भ गरेको, बाल विवाह अन्त्यका लागि सचेतना अभियान सञ्चालन गरेको, किशोरीहरुका लागि महिनावारी स्वास्थ्य व्यवस्थापन अभियान सञ्चालन गरेको, सुनसरीको बराह क्षेत्रको चतरामा योग शिविर सञ्चालन गरेको, निजी अस्पताल तथा नर्सिङ होमहरुको नियमित नियमन गर्न कार्य प्रारम्भ गरेको, पक्षघात भएका बिरामीका लागि कोशी अञ्चल अस्पतालमा थेरापी सेवा शुरु गरेको जनाएका छन् । 

उनले जारी गरेको  विज्ञप्तिमा शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारलाई लक्षित गरी प्रविधि मैत्री, बालमैत्री, दण्डरहित र व्यवहार कुशल सीपमा आधारित सिकाइलाई अभियानकै रुपमा सञ्चालन गरेको, विद्यालय शिक्षा र उच्च शिक्षाको व्यवस्थापनका सम्बन्धमा थुप्रै काम गरी योजनाहरु बनाएको, कानून तर्जुमा कार्य जारी राखी मन्त्रालयसँग सम्बन्धित चार वटा विधेयक तर्जुमा गरी प्रदेश सभामा पेश गर्ने तयारी गरेको कुरा उल्लेख छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप