मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

अस्पतालमा लाठिसहित उत्रिए बिरामीका आफन्त (भिडियो)

बिहीबार, ०३ साउन २०७५, १६ : ४८
बिहीबार, ०३ साउन २०७५

मोरङ– विराटनगरको नेवेल अस्पतालमा अस्पताल बन्द आवहन गर्ने नेपाल चिकित्सक संघका प्रतिनिधिलाई खबरदारी गर्न बिरामीका आफन्तहरुले लाठिसहित प्रदर्शन गरेका छन् ।  बिहिबार नोबेल अस्पतालको मुलगेट, ओपीडी लगायत क्षेत्रमा उनीहरुले खबरदारीसहित प्रदर्शन गरेका हुन् । 

बिरामीको सुरक्षार्थ पहरेदारीका लागि भन्दै उनीहरु लाठिसहित प्रदर्शनमा उत्रिनु परेको बताएका छन् । यसैबीच नेपाल चिकित्सक संघले आवहन गरेको बन्दको बिराटनगरमा आंशिक मात्र प्रभाव देखिएको छ ।

 नोबेल शिक्षण अस्पताल, विराट नर्सिङ होम लगायत स्वास्थ्य सस्थामा सम्पूर्ण स्वास्थ्य सेवा सूचारु रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप