बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से परिसूचकमा ५.३८ अंकको गिरावट आएपनि आधा अर्ब बढीको कारोबार

बिहीबार, ०३ साउन २०७५, १६ : १७
बिहीबार, ०३ साउन २०७५

काठमाडौं–नेप्से परिसुचकमा ५.३८ अंकको गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन (बिहिबार) घटेको सेयर बजारमा आधा अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । 
 आज १६२ कम्पनी कारोबारमा आएका थिए । होटल समुह र उत्पादन तथा प्रशोधन बाहेक सबै समुहमा गिरावट आएको छ । होटल समुह १४.६१ अंकले बढेको छ भने उत्पादन तथा प्रशोधन समुह ०.४६ अंकले बढेको छ ।
 यता निर्जिवन बिमा तर्फ ८०.८२ अंकको गिरावट छ भने जीवन बिमातर्फ ४३.५ अंकले गिरावट आएको छ । अरु समुह पनि गिरावट आएको छ । आज प्राइम लाइफ इन्सुरेन्सको संस्थापक सेयर सबैभन्दा बढी कारोबार भएको छ । 
प्राइम लाइफको ३० करोड ५९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यता नबिल बैंकको ३ करोड ३१ लख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप