मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा भएको लगातार भएका दुर्घटनामा १९ जनाको मृत्यु

बिहीबार, ०३ साउन २०७५, १६ : १५
बिहीबार, ०३ साउन २०७५

नयाँदिल्ली–भारतको राजधानी नयाँ दिल्लीको बाहिरी इलाकामा मङ्गलबार अबेर एक आवासीय घर भत्किदा नौ जनाको ज्यान गएको अधिकारीले जानकारी दिएका छन् । 

भत्किएको भवनको भग्नावशेषबाट बिहीबार उद्धारकर्ताले थप चार व्यक्तिको शव निकालेपछि मृत्यु हुनेको सङ्ख्या नौ पुगेको बताइएको छ । 

उक्त ६ तले आवासीय भवन भत्किएपछि यसबाट छिमेकमा रहेका अन्य भवनलाई पनि क्षति पुगेको बताइएको थियो । 

नयाँ दिल्लीबाट पूर्वतर्फको इलाकामा रहेको सो भवनमा दुई परिवारका श्रमिक बसिरहेका थिए । 

करिब १५० जना उद्धारकर्ताको सहयोगबाट उनीहरुको शव निकालिएको भारतीय सरकारी अधिकारीले जानकारी दिएका छन् । 

यस घटनापछि प्रहरीले सो भवनको मालिकसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । उक्त भवन वर्षाका कारण भत्किएको अनुमान गरिएको छ । 

भारतमा जुनदेखि सेप्टेम्बरसम्म हुने मनसुनी वर्षाका कारण कैयौँ भवन भत्किने गरेका घटना सार्वजनिक हुनेगरेको पाइन्छ । 

यसैबीच प्राप्त अर्को एक समाचारमा भारतमा बिहीबार बिहान भएको सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ । 

बिहीबार भएको यस घटनामा अन्य कैयौँ घाइते भएका छन् । उत्तरी भारतीय राज्य उत्तराखण्डमा यो दुर्घटना भएको बताइएको छ । 

विश्वका अन्य देशहरुको तुलनामा भारतमा सडक दुर्घटनाको दर उच्च रहेको पाइएको छ । 

चालकको लापरवाही, सडकको मर्मत समयमै नहुनु, सवारी साधनले ट्राफिक नियम उल्लङ्घन गर्नुजस्ता कारणले यहाँ धेरै मात्रामा सडक दुर्घटना हुने गरेको विज्ञको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप