शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डा.केसीको पक्षमा उभिन काङग्रेस सभापति देउवाको आव्हान

बिहीबार, ०३ साउन २०७५, १५ : ४२
बिहीबार, ०३ साउन २०७५

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि एकतावद्ध भएर प्रर्दशनमा उत्रन सबैलाई आह्वान गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक केसीले जायज माग राखेर आमरण अनसन बसेको दावी गर्दै उनको जीवन रक्षाका लागि एकतावद्ध भएर प्रर्दशनमा उत्रन आह्वान गरे ।

उनले बिहिबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहू पारित नगरे मान्य नहुने चेतावनी पनि दिए । सभापति देउवाले डा.केसीको ज्यान जाने अवस्था आउँदा पनि सरकार उहाँको माग सम्बोधन गर्न गम्भिर नभएको आरोप समेत लगाए । 

सभापति देउवाले जुम्लामा वरिष्ठ चिकित्सक केसीको समर्थकमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरी कुटपीट गरेको घटनाको निन्दा र भत्सर्ना पनि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप