शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डा. गोविन्द केसीलाई जुम्लाबाट काठमाडौं ल्याइयो

बिहीबार, ०३ साउन २०७५, १५ : ३४
बिहीबार, ०३ साउन २०७५

काठमाडौं– जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारी टोलीले २० दिनपछि काठमाडौं ल्याएको छ । 

बिहीबार डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौ ल्याइएको हो । 

उनलाई जुम्लाबाट काठमाडौ ल्याएर महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिने बताइएको छ । केसीलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्याल जुम्लाले जनाएको छ । 

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सरकारले हेलिकोप्टरसहितको टोली बिहीबार बिहान जुम्ला पठाएको थियो ।

सुरुमा सरकारी टोली जुम्ला पुगेर केसीसँग छलफल गर्न खोज्दा केसी समर्थकले विरोध गरेका थिए । त्यसक्रममा झडप समेत भएको थियो । झडपपछि केसीले अस्पतालमा सरकारी धरपकडले थप समस्या

आउने भन्दै बरु आफू काठमाडौ जान सहमत रहेको जनाएका थिए । 

यसअघि आजै उनले सहयोगिमार्फत एक अडियो सन्देश दिएर विधेयक फिर्ता नलिएसम्म काठमाडौ नजाने र अनसन पनि नतोड्ने बताएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप