शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टाटाको एस स्पेसियल एप्लिकेसन नेपालमा

बिहीबार, ०३ साउन २०७५, १५ : ०४
बिहीबार, ०३ साउन २०७५

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ले “गो ग्रिन टु किप इट क्लिन” भन्ने  नारा सहित “टाटा एस स्पेसियल एप्लिकेसन” नेपालमा ल्याएको छ ।

एक समारोहको आयोजना गरी सिप्रदीले टाटा एस का एस हुपर टिप्पर, एस स्किप लोडर, एस स्काईलिफ्ट, एस कन्टेनर र एस रेफ्रिजिरेटर भ्यान गरि ५ ओटा विशेष एप्लिकेसन को भिडियो मार्फत प्रदर्शन गरेको थियो ।

एस हुपर टिप्परले नगरपालिकाको फोहोर संकलन तथा ब्यवस्थापनलाई सहज बनाउँछ । त्यसैगरी एस स्किप लोडर ले कुनै पनि कोलोनी, हस्पिटल, औद्योगिक क्षेत्र अथवा घर को फोहोर संकलन तथा ब्यवस्थापन गर्न अत्यन्त सहज बनाउँछ ।

त्यस्तै, एस स्काईलिफ्ट ले उचाइमा गर्नु पर्ने काम हरुलाई डबल बुम मार्फत सजिलो बनाउँछ । भने कुरियर तथा अन्य सामाग्रीलाई आधिकारिक ठाउमा पुर्याउन एस कन्टेनरले मद्दत गर्छ । त्यस्तै एस रेफ्रिजिरेटर भ्यानले फ्रिजमा राख्नु पर्ने सामानहरुको ओसार पसार सहज बनाउँछ  । 

समारोहमा सिप्रदी ट्रेडिङ्गका सिईओ राजनबाबु श्रेष्ठ लगायत टाटाका लागि सार्क राष्ट्रका क्षेत्रिय प्रबन्धक आशिफ समिम, नेपाल र भुटानका बिजिनेस अपरेसन प्रमुख, बोध प्रकाश मुखिया, नेपालका क्षेत्रिय प्रबन्धक तुसार गुप्ता लगायत अन्य थुप्रै टाटा संग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप