बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंक र नेको इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

बिहीबार, ०३ साउन २०७५, १४ : ५४
बिहीबार, ०३ साउन २०७५

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेको इन्स्योरेन्स लिमिटेडबीच बिहिबार बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेको इन्स्योरेन्सका प्रमुख प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाबीच हस्ताक्षर भयो ।

उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा नेको इन्स्योरेन्सबाट गर्न सक्नेछन् ।

बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व निक्षेप संकलन गरी १ खर्व २१ अर्व कर्जा लगानी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप