शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यम वर्ग लक्षित सामसङको ग्यालेक्सी जे४ नेपाली बजारमा

बिहीबार, ०३ साउन २०७५, १४ : ५०
बिहीबार, ०३ साउन २०७५

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले जे सिरिज अन्तर्गत ग्यालेक्सी जे४ स्मोर्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ । सामसङका विशेष फिचरहरु रहेको, ग्यालेक्सी जे४ फोन मध्यम वर्गका समुहलाई टार्गेट गरिएको कम्पनीले जनाएको छ । 

ग्यालेक्सी जे४ फोन यूनिक एडभान्स मेमोरी म्यानेज्मेन्टको साथ उपलब्ध रहेको छ । यस सुविधाबाट  तस्वीर एवं भिडियोहरु एवं सामाजिक सञ्जालका सामग्रीहरु स्वतः मेमोरी कार्डमा सेभ हुन्छन् । साथै यस सुविधाले सोसल मिडिया म्यासेन्जरमा प्राप्त भएको तस्वीरहरुको कपी तस्वीरहरुको पहिचान गरी हटाउन सक्छ ।

जे४मा मिलाउन सकिने एलईडी फ्ल्यास रहेको छ, जसले गर्दा उज्यालोको अवस्थालाई हेरी फ्ल्यास लाइट निर्धारण गर्न सकिन्छ । ग्यालेक्सी जे४ १३एमपी रियर क्यामरा को साथ एफ १.९ अपार्चर रहेको छ । जे४ २ जीवी र १६ जीवीमा र ३ जीवी र ३२ जीवी मेमोरिमा उपलब्ध रहेको छ ।

आइएमविजका प्रमुख प्रणय रत्न स्थापितले “ग्राहकहरुको चाहना एवं आवश्यकतलाई मध्यनजर गरी मोबाइल फोनको उत्पादन गर्दै आएको र फलस्वरुप जे४ मा जल्दो बल्दो एवं नवीनतम प्रविधि भएको बताए  । यसको नेपाली मूल्य  १७२९० तथा २०६९० तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप