शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक साउन ११ गतेसम्मको लागि स्थगित

बिहीबार, ०३ साउन २०७५, १३ : ५५
बिहीबार, ०३ साउन २०७५

काठमाडौं–प्रतिनिधिसभाको बैठक साउन ११ गते सम्मका लागि स्थगित भएको छ ।

विहिबार १ बजेका लागि बोलाईएको बैठक संसद सचिवालयले सूचना टांसेर ११ गते सम्मका लागि स्थगित भएको जनाएको हो ।

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विहिबारको बैठक अवरोध गर्ने जनाएको थियो । आजको बैठकमा बीमा विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने र अर्थमन्त्री युवराज खतिवडाले बीमा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यतालिका थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप