जुम्लामा डा. केसी पक्षरधर र प्रहरीबीच झडप, दर्जन घाइते
बिहीबार, ०३ साउन २०७५, १२ : २४
काठमाडौं– जुम्लामा आमरण अनसन बसेका प्रा डा. गोविन्द केसी समर्थक र प्रहरीबीच झडप भएको छ । बिहीबार डा. केसीलाई काठमाडौं ल्याउन कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली जुम्ला पुगेको थियो ।
त्यसक्रममा अनसनस्थलमा सरकारी टोलीलाई केसी समर्थकले प्रवेश गर्न नदिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
झडपमा प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु घाइते भएको बताइएको छ । बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौं ल्याउने सरकारको निर्णयपछि कर्णालीका
मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारी कार्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए । तर, उनीहरु अस्पताल प्रवेशमै केसी पक्षधरले अवरोध गरेका थिए ।
केसीको पक्षमा नाराबाजी गर्दै विद्यार्थीले बाटो छेकेपछि झडप भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’
-
पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि
-
डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि
-
इलाम उपचुनावका चुनौती
-
हामीसँग सत्ता उल्ट्याउने क्षमता छ, कमजोर नठान्नू : माधव नेपाल