जुम्लाबाट गोविन्द केसीका भाइले भने– दाइलाई सरकारले पक्राउ गरेर काठमाडौं ल्याउन खोज्यो
काठमाडौँ– २० दिनयता जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीले काठमाडौँबाट गएको सरकारी टोलीसँग भेट्न अस्वीकार गरेका छन् ।
शिक्षा मन्त्रालयका सचिव गुणराज लोहनीको नेतृत्वमा गएको टोलीसँग डाक्टर केसीले भेट्न अस्वीकार गरेका हुन् । जुम्लास्थित केसीको अनसनस्थलमा रहेका उनका भाइ किशोरले दाइलाई पक्राउ गरेर काठमाडौं लान खोजेको आरोप लगाए ।
केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै सरकारले आज केसीलाई काठमाडौं ल्याउन जुम्लामा हेलिकप्टर पठाएको थियो । तर, केसीले आफ्नो उपचार यहीँ सम्भव रहेको भन्दै काठमाडौं आउन अस्वीकार गरेको बताइएको छ ।
केसीका भाइ किशारेले भने, ‘सरकारले जबरजस्ती गिरफ्तार गरेर काठमाडौँ लाने जस्तो ब्यवहार देखाएको छ । हामी यस्तो हुन दिनेछैनौं ।’
किशोरले थपे। “यहाँ आईसियू भेन्टीलेटर सबै छ, सरकारको काठमाडौ लाने एउटा बाहाना मात्रै हो, त्यसैले हामीले भेट्न मानेका छैनौँ , वार्ता सफल नभएसम्म हामी काठमाडौँ लान दिनाँै ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण