बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लाबाट गोविन्द केसीका भाइले भने– दाइलाई सरकारले पक्राउ गरेर काठमाडौं ल्याउन खोज्यो

बिहीबार, ०३ साउन २०७५, ११ : ५१
बिहीबार, ०३ साउन २०७५

काठमाडौँ– २० दिनयता जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीले काठमाडौँबाट गएको सरकारी टोलीसँग भेट्न अस्वीकार गरेका छन् । 
शिक्षा मन्त्रालयका सचिव गुणराज लोहनीको नेतृत्वमा गएको टोलीसँग डाक्टर केसीले भेट्न अस्वीकार गरेका हुन् ।  जुम्लास्थित केसीको अनसनस्थलमा रहेका उनका  भाइ किशोरले दाइलाई पक्राउ गरेर काठमाडौं लान खोजेको आरोप लगाए ।
केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै सरकारले आज केसीलाई काठमाडौं ल्याउन जुम्लामा हेलिकप्टर पठाएको थियो । तर,  केसीले आफ्नो उपचार यहीँ सम्भव रहेको भन्दै काठमाडौं आउन अस्वीकार गरेको बताइएको छ । 
 केसीका भाइ किशारेले भने, ‘सरकारले जबरजस्ती गिरफ्तार गरेर काठमाडौँ लाने जस्तो ब्यवहार देखाएको छ ।  हामी यस्तो हुन दिनेछैनौं ।’
किशोरले थपे। “यहाँ आईसियू भेन्टीलेटर सबै छ, सरकारको काठमाडौ लाने एउटा बाहाना मात्रै हो, त्यसैले हामीले भेट्न मानेका छैनौँ , वार्ता सफल नभएसम्म हामी काठमाडौँ लान दिनाँै  ।’ 
 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप