शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

....त्यो भएपछि म अनसन तोड्छु : डा. गोविन्द केसीको अडियो सन्देश

बिहीबार, ०३ साउन २०७५, ११ : ३०
बिहीबार, ०३ साउन २०७५

काठमाडौं–जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा गोविन्द केसीले आफ्ना माग पुरा नभएसम्म अनसन नतोड्ने दोहोर्याएका छन् ।

 बिहिबार एक अडियो सन्देशमार्फत गर्दै डा. केसीले आफूलाई चिकित्सक टोलीले उपचार गरिरहेको र त्यसबाट आफू सन्तुष्ट रहेको बताएका छन् । उनले आफ्नो अभियान तुहाउन राज्यले अपहरण गरेर काठमाडौं लाने प्रयास भएको आफूले पाएको भन्दै  काठमाडौ नजाने पनि प्रस्ट पारेका छन् । उनले चन्दननाथ बाबाको काखमा सत्याग्रह बसेरै माग पूरा गराएरै छाड्ने बताएका छन् ।
 

डा. केसीको अडियो सन्देशको पूर्णपाठ :
नमस्ते,
मेरो आज सत्याग्रहको २० औं दिन हो । म कर्णाली अञ्चलको जुम्ला जिल्लाको सदरमुकाम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्याग्रहरत छु ।

मलाई यहाँका चिकित्सक, नर्स प्यारामेडिसिनको टिमले राम्रोसँग उपचार दिइराख्नुभएको छ र म पूर्ण रुपमा सन्तुष्ट छु । तर, सुन्नमा के आएको छ भने मलाई राज्यले यहाँबाट अपहरण गरेर काठमाडाै लादैछ र

हाम्रो अभियान तुहाउने प्रयास गर्दैछ भन्ने सुन्नमा आएको छ । 

यदि राज्य मेरो स्वास्थ्यप्रति चिन्तित र सम्वेदनशील छ भने मेरा माग पूरा गर्नतिर लाग्नुपर्छ । त्यो भएपछि म अनसन तोड्छु । तर, म मेरा लागि यो पवित्रस्थल हो । र,चन्दननाथ बाबाको काखमा बसेर सत्याग्रह गरिरहेको छु । जबसम्म मेरो माग पुरा हुदैन तबसम्म जारी राख्नेछु ।   

मेरो नागरिक अधिकार खोस्ने कसैलाई अधिकार छैन र गुण्डागर्दी चल्दैन । राज्यपक्ष माफिया, डन र अधिनायकवाद पोस्नतिर लागेको छ । जनताका हकविरुद्ध सरकार लागेको छ । र, माफिया डनको हार हुन्छ जनताको जीत हुन्छ । 

नमस्ते ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप