शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीन बन्यो विश्वको तेस्रो पर्यटकीय गन्तब्य, आकर्षण ग्रेटवाल

बिहीबार, ०३ साउन २०७५, १० : ४५
बिहीबार, ०३ साउन २०७५

वेइजिङ – विश्वकै ठूलो अर्थतन्त्र बनेको चीन विश्वको तेस्रो प्रमुख पर्यटकीय गन्तब्य पनि बनेको छ । विश्व पर्यटन संगठनको सूची अनुसार  चीन पर्यटनका लागि विश्वको तेस्रो गन्तब्य बन्न सफल भएको हो ।

 सूची अनुसार पहिलो स्थानमा फ्रान्स रहेको छ भने दोस्रो स्थानमा अमेरिका र तेस्रो स्थानमा चीन रहेको छ । 

स्पेनलाई पछिन्दै चीन  पछिल्लो तथ्यांक अनुसार तेस्रो स्थानमा पर्न सफल भएको हो । 

विश्वको सात आश्चर्यमध्ये एउटा चीनमा रहेको छ । त्यो हो ग्रेटवाल । चीन भ्रमण गर्ने जो कोहीका लागि ग्रेटवाल गन्तव्य हुने गरेको छ । चीनको राजधानी वेइजिङमा ग्रेटवालबाहेक विश्वका सबभन्दा ठूलो केन्द्रीय स्क्वायर रहेको छ । 

 त्यस्तै यहाँ प्राचिन राजवंशीको पुराना दरवारहरुका साथै धार्मिक तथा ऐतिहासिक स्थलहरु पनि हेर्न लायकका छन् ।

चीनको वेइजिङ्मा रहेको ग्रेटवाल दुई हजार वर्ष पुरानो रहेको छ । यो पर्खाल अरु देशको आक्रमण बच्नका लागि यो आठदेखि ३५ फिटको पर्खाल निर्माण गरिएको थियो । यसको उचाई तथा चौडाई सबैतिर एकैनाशको रहेको छैन । 

ग्रेटवालको  पर्खालको लम्बाई छ हजार ४०० किलोमिटर भनिएपनि विभिन्न टुक्रालाई जोड्दा  ८८५१ किलोमिटर हुन आउँछ ।  त्यहाँ उल्लेख विभिन्न सूचना अनुसार यो पर्खाल माटो र ढुगांबाट पाँचौ शताब्दीदेखि १६ औ शताब्दीसम्ममा निर्माण भएको थियो ।

पूर्वको शानहाइगुआनदेखि पश्चिमको लोपनुरसम्म फैलिएको यो पर्खाल निर्माणका लागि २० लाखभन्दा बढी व्यक्तिले आफ्नो पूरै जीवन लगाएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप