शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्वकपका ६४ खेलमा १ खर्ब  १५ अर्ब ट्वीट, फाइनलमा एमबाप्पेको गोलमा सबैभन्दा धेरै

बिहीबार, ०३ साउन २०७५, ०८ : ४५
बिहीबार, ०३ साउन २०७५

सन् २०१८ को फाइनलमा आइतबार फ्रान्सले क्रोएशियालाई ४–२ ले हराएर उपाधि आफ्नो पोल्टोमा पार्यो । यो म्याचमा फ्रान्सका लागि किलियन एमबाप्पेले चौथो गोल गरे । प्रशंसकले यो गोलका लागि सबैभन्दा धेरै ट्वीट गरे । ब्राजिलका नेइमार जुनियर आफ्नो उत्कृष्ट गोल र मैदानमा जानीजानी लड्ने बानीका कारण खेलका सबैभन्दा चर्चित खेलाडी रहे ।

ट्वीटरले मंगलबार दिएको जानकारी अनुसार क्वार्टर फाइनलमा बेल्जियमसँग हार्ने ब्राजिलको टीम ट्वीटरमा सबैभन्दा धेरै चर्चामा रह्यो । त्यसपछि फ्रान्स र अर्जेन्टिना । सबैभन्दा धेरै ट्वीट फाइनल खेलमा गरियो । यस मामलामा ब्राजिल र बेल्जियमको क्वार्टर फाइनल म्याच दोस्रो स्थानमा र ब्राजिल–मेक्सीकोको प्रि–क्वार्टर फाइनल म्याच तेस्रो स्थानमा रह्यो । विश्वकपमा कूल ६४ म्याचको क्रममा १ खर्ब १५ अर्ब ट्वीट हिट गरियो ।

एमबाप्पे विश्वकपका सबैभन्दा उत्कृष्ट युवा खेलाडीः

फ्रान्सका १९ वर्षका एमबाप्पे स्टार खेलाडीको रुपमा उदाए । फ्रान्सको मिडियाले उनलाई नयाँ शताब्दीका पेले र जिदान बताए । उनले टीमका लागि जे गरे जो सन् १९५८ को फाइनलमा ब्राजिलका लागि पेले र सन् १९९८ को फाइनलमा फ्रान्सका लागि जिदानले गरे । उनले योंग प्लेयर अफ द टूर्नामेन्टको अवार्ड पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप