शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एसईईमा अब प्रश्नपत्र बैंक बनाइने

बिहीबार, ०३ साउन २०७५, ०६ : १६
बिहीबार, ०३ साउन २०७५

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विषय विशेषज्ञले बनाएको प्रश्नपत्र बैंकबाट प्रश्न सोध्ने गरी तयारी थालेको छ । 

बोर्डले लिखित र प्रयोगात्मक परीक्षा सुधार र गुणस्तरीय मूल्यांकन गर्न प्रश्नपत्र निर्माणमै मापदण्ड तय गर्न लागेको हो । आजको कान्तिपुरको पृष्ठ २ मा यो समाचार छापिएको छ । 

समाचारमा लेखिएको छ, विश्वविद्यालयका विषय विज्ञहरुले जथाभावी प्रश्नपत्र निर्माण गरिएको भन्दै सुधारमा जोड दिँदै आएका छन् । 

सन् २०२० देखि एसईईमा प्रश्नपत्र बैंकबाट सोध्ने गरी तयारी अघि बढेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप