शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डा. केसीको मुटुको चालमा गडबडी

बिहीबार, ०३ साउन २०७५, ०६ : ००
बिहीबार, ०३ साउन २०७५

जुम्ला - चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि अनशनमा रहेका डा गोविन्द केसीको मुटुको चालमा गडबडी देखिएको छ । आजको कान्तिपुरले पृष्ठ ३ मा यो समाचार छापेको छ ।

मंगलबार राति साढे १२ बजे र बिहान ४ बजे दुई पटक उनको ९ वटासम्म एक्टोपिक बिट्स (मुटुको धड्कनमा गडबडी) देखिएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।

यस्तै परिस्थिति रहे डा. केसीलाई जुनसुकै बेला सीसीयूमा राखेर उपचार गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए ।

‘यो सुविधा अस्पतालमा छैन,’ उनले भने, ‘सरकारले तत्काल वैकल्पिक व्यवस्थाका लागि यसतर्फ ध्यान दिन जरुरी छ।’ दुवै हातका नसामा पनि संक्रमण देखिएको छ । 

निरन्तर घटिरहेको सेतो रक्तकोशिका र संक्रमणका कारण जोखिम बढेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप