शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देउवा-पौडेल विवाद मिल्यो

बिहीबार, ०३ साउन २०७५, ०५ : ५४
बिहीबार, ०३ साउन २०७५

काठमाडौं - नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको आन्तरिक विवाद मिलेको छ । 

सरकारविरुद्धको गतिविधिमा एकमत भए पनि यी दुई गुटबीच पार्टीको आन्तरिक गतिविधिमा विवाद थियो । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

देउवा र पौडेल गुटबीचको आन्तरिक विवादकै कारण विधान मस्यौदा समिति बन्न सकेको थिएन ।

मस्यौदा समितिमा बस्ने नेताको नाम पौडेल पक्षले आज उपलब्ध गराउने भएसँगै आजै विधान मस्यौदा समिति गठन हुने सम्भावना रहेको छ । 

विधान संशोधन तथा परिमार्जनका लागि आगामी भदौमा महासमिति बैठक आयोजना गरिने भनिए पनि विधान मस्यौदा समिति गठन हुन सकेको थिएन । 

मस्यौदा समिति गठन गर्ने कुरामा पौडेल पक्षसँग सहमति भएपछि विभिन्न केन्द्रीय विभाग गठन गर्ने विषयमा पनि सहमति जुट्ने बताइएको छ । 

कांग्रेसभित्र सभापति देउवा, वरिष्ठ नेता पौडेल र कृष्णप्रसाद सिटौला गुट छ । साथै प्रभावशाली नेताहरुको छुट्टै उपगुट पनि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप