बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने यस्तो छ सरकारको तयारी

बुधबार, ०२ साउन २०७५, २२ : ४९
बुधबार, ०२ साउन २०७५

काठमाडौं– जुम्लामा विगत १९ दिनयता  अनसनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको आकस्मिक बैठकले केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको  बालुवाटार स्रोतले जनाएको छ ।  

केसीको स्वास्थ गम्भीर भएको भन्दै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल रिपोर्ट दिएपछि नेकपाले उनको सुविधासम्पन्न अस्पतालमा उपचार गरिनुपर्ने निष्कर्ष निकाल्दै हेलिकप्टरमार्फत काठमाडौं ल्याउने निर्णय गरेको हो । 

प्रधानमन्त्री केपी ओलीले नेकपाका शीर्ष नेताहरुको छलफलमा डा.केसीको स्वास्थ्यमा समस्या थपिएकाले उनलाई हेलिकप्टरबाट विहिवार काठमाडौं ल्याउन लागेको जानकारी दिएका थिए । 

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले केसीलाई सीसीयुसहितको अस्पतालमा राख्नुपर्ने चिकित्सकहरुको सुझाव अनुसार उनको जीवनरक्षाको लागि सरकार र  नेकपा गम्भीर बनाएका बताएका छन् । 

उनले केसीको जीवनरक्षालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जाेड दिँदै  सामाजिक सन्जालमार्फत भनेका छन, ‘उहाँलाई सीसीयूसहितको अस्पतालमा राख्नुपर्ने अनिवार्य भइसकेको छ । त्यसैले सबैले उहाँको जीवनरक्षलाई पहिलो प्राथमिकता बनाऔं । त्यसपछि खुला ढंगले मुद्दामा छलफल गरेर समाधान खोजौं ।’

 चिकित्सा शिक्षा अध्यादेश अनुरूप सरकारले चिकित्सा शिक्षा विधेयक नल्याएको विरोधमा अनसत बसेका हुन् ।

उनले माग पूरा नभएसम्म अनसन नतोड्ने अडान लिँदै आएका छन् । 

डा.केसी प्रकरणलाई लिएर विपक्षी काँग्रेसले सदन अवरोध गरेको छ । 

यसअघि असार २७ गते नै केसीलाई लिन  काठमाडौंबाट चिकित्सकसहितको टोली जुम्ला जाने तयारी भएको थियो ।

सेनाको हेलिकोप्टर जाने व्यवस्था मिलिसकेको थियो ।

आफू काठमाडौं नफर्किने जवाफ केसीले फोनबाटै दिएपछि चिकित्सकसहितको टोली रोकिएको थियो ।

नेपाल चिकित्सक संघका पदाधिकारीलाई केसीले यस्तो जवाफ दिएका थिए ।

केसीले भेट्न मात्रै आउनु, लिन नआउन भनेपछि  उड्ने तयारीमा रहेको हेलिकोप्टर काठमाडौंमै रोकिएको थियो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्देशनअनुसार नेपाल चिकित्सक संघका पदाधिकारी र प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह हेलिकोप्टरमा जुम्ला जाने तयारी थियो ।

यस्तै  मन्त्रिपरिषदको सोमबार बसेको बैठकले जुम्लामा अनसनरत वरिष्ठ चिकित्सक केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । तर, दुई पटक वार्ता भएपनि सफल हुन सकेन ।

यहीबीचमा काङग्रेस सभापति शेरबहादुर देउवाले सोमबार डा।गोविन्द केसीको अनसन र मागहरुका सन्दर्भमा सार्वजनिक वक्तव्य जारी गर्दै डा.केसीको जीवनमा तलमाथी हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश नै गरिरहेको गम्भीर आशंका उव्जीएको बताएका थिए । 

उनले डा.गोविन्द केसीको स्वास्थ्य स्थिती थप विग्रदै गएको खबरले आफुलाई गम्भीर बनाएको पनि बताएका थिए ।

 ‘यस्तो स्थिती उत्पन्न भइसक्दा पनि सरकार वार्ता मार्फत समाधानका लागि गम्भीर नहुनुलाई मैले झनै गम्भीर विषयका रुपमा लिएको छु । चिकित्सा शिक्षामा सुधारका लागि अनसनरत डा. केसीसंग वार्ता गरी माग सम्वोधन गर्दै उहाँको जीवन रक्षाका लागि तत्कालै अग्रसरता लिनु सरकारको दायित्व रहेको स्मरण म गराउन चाहन्छु’ देउवाले आफ्नो  वक्तव्यमा भनेका थिए ।

यस अघि असार २९ गते शिक्षामन्त्रीले बल प्रयोग गरेर डा केसीलाई काठमाडौं ल्याउने संकेत दिएका थिए । 
उनले भनेका थिए-
– जुम्लामा आइसीयु नै छैन । उहाँका स्वास्थ्यका सूचकहरु एकदमै घट्दै गए भनेपछि तपाईंहरुले गएर हेरिदिनुस् भन्यौ हामीले । मलाई दुःख लाग्यो मेडिकल एशोसिएसन जान मानेन । अचम्म लाग्यो मेडिकल एशोसिएसन जस्तो संस्था यसैपनि देखाउन पनि त जानुपर्छ नि । तर, जान मान्नु भएन । बरु अहिले उहाँहरु स्वास्थ्य संस्था बन्द गरिराख्नु भएको छ । यो उपयुक्त छ रु 

– डा केसी एउटा सम्मानित व्यक्तित्व हो । हाम्रो युनिभर्सिटिको एउटा प्राध्यापक हुनुहुन्छ । उहालाई सम्मान गर्न चाहान्छु । अहिले स्वास्थ्यको अवस्था कमजोर भएका वेला बार्ता गर्नु उपयुक्त हुन्छ कि हुँदैन ?

– त्यसले हामी आज पनि डा। केसीलाई उठाउन पठाउँदैछौँ । अहिले नै म मिडियाका साथीहरुलाई भन्छु – कि भोली सरकारले जर्वजस्ती डा गोविन्द केसीलाई बल प्रयोग गर्यो भनेर नलेख्नुहोला । 

– उहाँलाई काठमाडौँ ल्याउँ सबै मिलेर । राम्रो ठाउँमा उपचार गराऔँ । संसदको यो प्रक्रियामा गएको वेलामा उहाँले भनेका मुद्दालाई संसदबाट सम्बोधन गर्ने प्रकृयमा हामी भूमिका खेलौँ, मन्त्रीको भूमिकामा त्यो कुरामा म सकारात्कमक छु । 

– उहाँको सूचाङ्कहरु कमजोर भएपछि हामीलाई मौसमले साथ दियो भने हामीले त्यो कुरामा जर्वजस्ती पनि गर्नुपर्ने हुन्छ । 

– अगाडी अस्ती पनि उहाँको स्वास्थ्य सुचाङक कमजोर भयो भन्ने आएको थियो अस्तिको दिन स्टेवल छ भन्ने भएपछि हामीले केही कदम चालेका थियौँ । नर्मल भएपछि उहाँको हेरविचारका डा। पठाउ भन्ने गृहकार्य गरिरहेका छौँ । अब उहाँले पनि बुझिदिनुपर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप