बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्वयम्भूमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक घाइते

बुधबार, ०२ साउन २०७५, २१ : ४७
बुधबार, ०२ साउन २०७५

काठमाडौँ-स्वयम्भूमा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

कंलकीबाट बालाजुतर्फ आइरहेको बा९६प ५९३७ नंको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना६ख ५६४८ नंको डिब्बाले ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेका गोरखा सुलिकोटका ६६ वर्षीय मोहन पनेरु क्षेत्रीको मृत्यु भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले डिब्बाको ठक्करबाट गम्भीर घाइते भएका पनेरुको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा निधन भएको जानकारी दिए । 

मोटरसाइकल चालक रौतहटका ३२ वर्षीय रन्जित तिमल्सेना भने घाइते भएका छन् । डिब्बाका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप