शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डा केसीको जायज माग सम्बोधन गर्न राजपाको ध्यानाकर्षण

बुधबार, ०२ साउन २०७५, २१ : ४५
बुधबार, ०२ साउन २०७५

काठमाडौँ–राष्ट्रिय जनता पार्टी राजपा नेपालले अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवन रक्षा र जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गर्दै चिकित्सा क्षेत्रमा सुधारका लागि विभिन्न माग राखी लामो समयदेखि आमरण अनशनरत डा केसीको जीवन रक्षाका लागि गम्भीर हुन सरकारलाई आग्रह गरेका हुन् । 

‘डा केसीका सबै विचारसँग सहमत हुन आवश्यक छैन तर जनताको बाँच्न पाउने अधिकार र सत्याग्रहको संस्कृतिको सम्मान सरकारको प्राथमिक उत्तरदायित्व हो’ विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप