शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लोकतन्त्र गुम्ने खतरा बढ्यो : काँग्रेस नेता डा.कोइराला

बुधबार, ०२ साउन २०७५, २० : ४७
बुधबार, ०२ साउन २०७५

काठमाडौं–काँग्रेस नेता डा.शेखर कोईरालाले बर्तमान सरकार सर्बसत्ताबादतर्फ अगाडि बढेकाले लोकतन्त्र नै गुम्ने खतरा रहेको बताएका छन् । 

उनले गृहजिल्ला विराटनगर पुगेर विगतमा लोकतन्त्रका लागि लडेजस्तै विराटनगरवासी अब सर्बसत्ताबादका बिरुद्ध लड्न तयार भएर बस्नुपर्ने बताए ।

‘बिराटनगरबासीले २००७ सालमा निरंकुश राणा शासनका बिरुद्ध र २०४६ सालमा निरंकुश पंचायतका बिरुद्ध लडेको ईंतिहास ताजै छ । बिराटनगर लोकतन्त्रको उद्गम भूमि हो । बिराटनगरले कसैको निरंकुशता स्विकार गर्दैन । अब एकपटक बिराटनगरबासीले कम्युनिष्ट सर्बसत्ताबादका बिरुद्ध लड्ने समय आएको छ । त्यसका लागि बिराटनगरबासी तयारी अवस्थामा रहनुहोस् ।’

काँग्रेसले अहिले सरकार अधिनायवाद उन्मुख गतिविधिमा लागेको आरोप लगाउँदै आएको छ । 

उनले लोकतन्त्र बचाउन काँग्रेस विधान अनुसार चल्न पनि आबश्यक रहेको बताए । ‘विधान अनुसार पार्टी चल्यो भने लोकतन्त्र बचाउन सकिन्छ र गन्तव्यमा पुग्न सकिन्छ । यो विभाजित मनस्थितिमा केही हुनसक्दैन । उनले भने, ‘विधि र विधान अनुसार पार्टी अगाडि बढ्यो भने कांग्रेस आफै बलियो भएर जान्छ । हात मिलाएर फोटो खिचाएर एक भएको सन्देश दिईरहनु पर्दैन ।

कोइरालाले महासमितिको वैठक भदौमा हुनुपर्ने अडान राखे । ‘महासमितिको बैठक सार्ने कुरा सुन्दैछु’ कोइरालाले भने, ‘यदी  यो भूल फेरी  गरियो भने काँग्रेसको लागि अर्को दुर्भाग्य हुन्छ ।’

प्रजातन्त्र सेनानी स्वर्गीय उमालक्ष्मी शर्माको स्मृतीमा डा शेखर कोइराला र उनकी धर्मपत्नी पूनम कोईरालाले निर्माण गरेको कोठा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कोईरालाले कोईराला निवासकोसंस्कारलाई आफूहरूले निरन्तरता दिने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप