बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

विद्रोहीको निहुँमा सर्वसाधारणको ज्यान जाने क्रम रोकिएन

बुधबार, ०२ साउन २०७५, २० : ४४
बुधबार, ०२ साउन २०७५

बेरुत- सिरियाका विद्रोहीको निहुँमा सर्वसाधारणको ज्यान जाने क्रम रोकिएको छैन । 

विद्रोहीको बलियो पकड रहेको दक्षिण सिरियामा भएको एक हवाई कारबाहीका क्रममा १२ सर्वसाधारण मारिएका छन् । 

यद्यपि सो हवाई कारबाही रुस या सिरियाली शासक स्वयम्ले पनि पुष्टि गर्न सकेका छैनन । 

सिरियाको दक्षिणी प्रान्त दाराआ नावामा मंगलबार यस हवाई कारबाही भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । 

सिरियामा सन् २०११ को मार्च महिनाबाट राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । यो आन्दोलनपछि गएर गृहयुद्धमा परिणत भयो । यस गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्स आतङ्ककारीहरु हाबी हुँदै गए । 

जारी यस द्वन्द्वमा परी हालसम्म ३ लाख ५० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको सरकारी तथ्याङ्क रहेको छ । 

तर मानव अधिकारीवादीहरु यो सङ्ख्या निकै बढी भएको दाबी गर्दै आएका छन् । यस द्वन्द्वका कारण लाखौँ घाइते भएका छन् । लाखौं जनता आफ्नो देशमा र विदेशमा शरणार्थी बन्न बाध्य भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप