शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ सांगठनिक संरचनाअनुसार स्वास्थ्यका कर्मचारीलाई जिम्मेवारी, कसलाई कहाँको जिम्मेवारी ?

बुधबार, ०२ साउन २०७५, २० : ३५
बुधबार, ०२ साउन २०७५

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय संरचना अनुसारको नयाँ संगठन संरचनाअनुसार मन्त्रालय र माताहतका कार्यालयका प्रमुखहरुको जिम्मेवारी तोकेको छ । ती कर्मचारीलाई मन्त्रालय, स्वास्थ्य सेवा विभाग र प्रदेशमा जिम्मेवारी दिइएको हो । 

स्वास्थ्य सचिव पुष्पा चौधरीले मंगलबार ३० जना कर्मचारीको नयाँ जिम्मेवारी तोकिएको बताइन् । मन्त्रालयमा जनसंख्या व्यवस्थापन तथा स्वास्थ्य समन्वय प्रमुखको जिम्मेवारी डा सुशीलनाथ प्याकु¥याललाई दिइएको छ । 

प्रशासन महाशाखामा मधुसूधन बुर्लाकोटी, जनसंख्या व्यवस्थापन महाशाखामा जर्नादन गुरागाईं, गुणस्तर मापन तथा नियमन महाशाखामा डा दीपेन्द्ररमण सिंह, नीति, योजना तथा अनुगमन महाशाखामा डा विकास देवकोटा र स्वास्थ्य समन्वय महाशाखामा मोहम्मद दाउदलाई प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । 

त्यसैगरी, स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी हालकै डा गुणराज लोहनी दिइएको छ भने औषधि व्यवस्था विभागको जिम्मेवारीमा नायराण ढकाललाई यथावत् राखिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा वासुदेव जनार्दनप्रसाद उपाध्यायलाई नै जिम्मेवारी दिइएको छ । 

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा रमेशप्रसाद अधिकारी, उपचारात्मक सेवा महाशाखामा डा मनिषा रावल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा डा विवेककुमार लाल, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामा रोशनीलक्ष्मी तुइतुई, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण महाशाखामा डा तारानाथ पोखरेल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा वासुदेव पाण्डेलाई प्रमुखको जिम्मेवारी दिइएको छ । 

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरको निर्देशकमा डा भीमसिंह टिंकरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा हरिशचन्द्र उप्रेती, राष्ट्रिय तालीम केन्द्रको निर्देशकमा झलक शर्मा पौडेल र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा तालीम केन्द्रमा सुनिलराज शर्मालाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । 

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय प्रदेश नं १ को निर्देशकमा भोगेन्द्रराज डोटेल, प्रदेश नं २ मा चन्द्रदेव मेहता, प्रदेश नं ३ मा महेन्द्रप्रसाद श्रेष्ठ, गण्डकी प्रदेशको निर्देशकमा डा तारानाथ पौडेल, प्रदेश नं ५ मा डा विनोदकुमार गिरी, कर्णाली प्रदेशको निर्देशकमा रीता भण्डारी जोशी र प्रदेश नं ७ को निर्देशकमा डा गुणराज अवस्थीलाई जिम्मेवारी दिइएको छ । 
डा अनुज भट्टचन, डा यदुचन्द्र घिमिरे, डा रमेश खरेल र डा राजेन्द्रप्रसाद पन्तलाई मन्त्रालयमै तानिएको छ । मन्त्रालयले २६ कर्मचारीलाई नयाँ जिम्मेवारी दिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप