शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डुबेर दुई बालिकाको मृत्यु

बुधबार, ०२ साउन २०७५, २० : ००
बुधबार, ०२ साउन २०७५

धनगढी– कैलाली पूर्वी क्षेत्रस्थित रोरा नदीमा नुहाउने क्रममा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–२ का संगीता ढकाल र पुष्पा धमाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बाख्रा चराउन जंगल गएका बेला गर्मी बढेपछि नदीमा नुहाउन गएका वेला बालिकाको डुबेर मृत्यु भएको हो । 

बालिका डुबेको खबर पाउनासाथ घटनास्थलमा पुगेका प्रहरी टोलीले उद्धार गरेर लम्कीस्थित अस्पतालमा पु¥याएकोमा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप