अञ्जुसँगै अमेरिकामा झुमे दर्शक
काठमाडौं– अमेरिकाको सान फ्रान्सिष्कोमा ‘नेपाली म्युजिक फेष्टिभल–२०१८’ भव्य रुपमा सम्पन्न भएको छ । नाफा नकमाउने उद्धेश्यले सन् २००६ मा अमेरिकामा दर्ता भएको नेपालीहरुको समाजसेवी संस्था हिमालयन फाउन्डेसन कर्पले जुलाई १४ मा आयोजना गरेको सो फेस्टिभलमा चर्चित गायिका अन्जु पन्त र चर्चित गायक राजु लामाका साथमा द एक्स ब्याण्डले आफ्ना सुमधुर गीत प्रस्तुत गरेका थिए । उनीहरुको गीतमा उपस्थित दर्शक झुमेका थिए ।
पोखरामा निर्माणाधीन कराँते प्रशिक्षण भवनका लागि सहयोग जुटाउने उद्धेश्यले आयोजित फेष्टिभलमा सातसय भन्दा बढी नेपाली उपस्थित भएको र करिब ६९ लाख रुपैयाँ संकलन भएको आयोजक हिमालयन फाउन्डेशनका संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठले बताएका छन् । उनले कार्यक्रमको खर्च कटाएर बाँकी सबै रकम कराँते भवन निर्माण सम्पन्न गर्न तथा विभिन्न गाउँमा रहेका स्कूलको पुनःनिर्माण तथा लाइब्रेरी स्थापनाका लागि सहयोग गरिने बताए ।
हिमालयन फाउन्डेसन कर्पले नेपालमा गरेका बिभिन्न काम तथा अबका योजनाबारे निर्माण गरिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गार्मेट इन्नोभेसनका प्रमुख मार्क नेमिकले ११ हजार अमेरिकी डलर सहयोग प्रदान गरेका थिए ।
त्यसैगरी, केटिएम ग्रुप एलएलसी र सान फ्रान्सिस्को होलसेल कि प्रमुख एवम् हिमालयन फाउन्डेसनकी प्रमुख टीण्डु शेर्पाले पनि ११ हजार डलर सहयोग प्रदान गरिन् । कार्यक्रमका बिशिष्ट अथिति रामबाबु पाण्डेले ५ हजार डलर सहयोग गरेको आयोजक संस्थाले जनाएको छ । म्युजिक फेस्टिभवको सुरुवाती चरणको औपचारिक कार्यक्रम फिल्म निर्देशक नारायण पुरीले सञ्चालन गरेका थिए भने सांगीतिक कार्यक्रमको सञ्चालन एसबाबु सन्दिपले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता जीवनले मोडल सकीसँग गरे विवाह
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न