शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डा.केसी पक्षधरलाई झड्का लाग्ने संकेत, स्वास्थ्य संस्था बन्द नगर्ने संघको चेतावनी

बुधबार, ०२ साउन २०७५, १९ : २४
बुधबार, ०२ साउन २०७५

विराटनगर– डा.गोविन्द केसीको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले बिहिबारका लागि आवहन गरेको देशव्यापी स्वास्थ्य सस्था बन्द कार्यक्रम असफल हुने देखिएको छ । नीजि मेडिकल र डेन्टल कलेजहरुको छाता संगठन एशोसिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल स्वास्थ्य सस्था बन्दको विपक्षमा उभिने भएपछि आन्दोलन असफल हुने संकेत देखिएको हो । 

एशोसिएसनले बुधबार एक प्रेस विज्ञप्ति जारी गरेर स्वास्थ्य संस्था बन्दको प्रतिकारमा उत्रने चेतावनी दिएको छ । एशोसिएसनका महासचिवद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा गर्न लागिएको बन्दलाई डटेर अवज्ञा गर्न आह्वान गरिएको छ । लाखौं बिरामीहरुको जीवन रक्षाका लागि चिकित्सकहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा निष्ठापूर्वक लागि आफ्नो कर्तव्य निर्वाह गर्न विज्ञप्तिमार्फत अपिल गरिएको हो । 

‘समस्याको समाधान वार्ताको माध्यमबाट हुने लोकतान्त्रिक विधि विपरित ‘मेरो गोरुको बाह्रै टक्का’ जस्तो गर्नु गलत भएको एशोसिएसनको ठम्याई छ, सर्वोच्चको फैसलालाई हरेक नागरिकले सम्मान गर्नुपर्छ । बिरामीहरुको स्वास्थ्यको ख्याल नगरी विभिन्न बहानामा बारम्बार अस्पतालहरु बन्द गर्ने परिपाटीले कसैको भलो नगर्ने समेत विज्ञप्तिमा उल्लेख छ । ३ बर्षअघि प्रस्तुत माथेमा आयोगको प्रतिवेदन जस्ताको तस्तै लागू गर्न खोज्नु व्यवहारिक तथा न्याय संगत नहुने समेत एसोसिएसनको ठहर छ । 

अध्यादेशको रुपमा संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा बिधेयक हुवहु पारित गर्नुपर्ने माग राख्दै डा.केसी जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अनसन बसिरहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप