बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

“युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक नेपाल २०१८” बाट नेपाल इन्भेष्टमेण्ट बैंक सम्मानित

बुधबार, ०२ साउन २०७५, १९ : १९
बुधबार, ०२ साउन २०७५

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले “युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक नेपाल २०१८” अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।

प्रतिष्ठित अंग्रेजी आर्थिक मासिक पत्रिका युरोमनीले आज हङकङमा एक भव्य समारोहबीचच बैंकले प्राप्त गरेको पुरस्कार बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहलाई  प्रदान गरेको छ ।  नेपाल इन्भेष्टमेण्ट बैंकले यो अवार्ड पहिलो पटक प्राप्त गरेको हो । 

सन् १९६९ मा पहिलो पटक प्रकाशित युरोमनी म्यागाजिनका शेयर होल्डरहरुले शुरु गरेको यो पुरस्कार, संस्थाको सेवा, सुविधा तथा वित्तिय अवस्थाका बारे विस्तृतमा अध्ययन तथा अनुसन्धान गरेपछिमात्र प्रदान गरिन्छ  । यस बर्ष यसमा १५ सयभन्दा बढी वित्तिय संस्थाहरुले राष्ट्रिय, क्षेत्रिय तथा विश्वव्यापी रुपमा सहभागिता जनाएका थिए ।  

आठ लाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको हाल ७७ वटा शाखा तथा १०४ वटा एटिएम छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ५७ वटा शाखारहित बैंकिङ सुविधाका साथै बैंकको संजालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप