बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एसईईमा सहभागी २५८ विद्यार्थीलाई एनसेलको आंशिक छात्रवृत्ति

बुधबार, ०२ साउन २०७५, १८ : ५२
बुधबार, ०२ साउन २०७५

काठमाडौ । एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजना अन्तर्गत २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सहभागी विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको छ ।

एनसेलले उच्च शिक्षाको तयारीका लागि विभिन्न ६९ वटा ईन्स्टिच्युटमा ब्रिज कोर्ष गरीरहेका २५८ विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको हो ।

एनसेलले गत वर्षको चैत्र महिनामा ‘पहिलो सिम’ योजना ल्याएको थियो ।

योजना अन्तर्गत ब्रिज कोर्स कक्षा संचालन गरीरहेका विभिन्न ६९  इन्स्टिच्युटमा अध्ययनरत ३ देखी ७ उत्कृष्ट विद्यार्थी गरी जम्मा २५८ उत्कृष्ट विद्यार्थीलाई ५००० राशीको आंशिक छात्रवृति प्रदान गरेको हो ।

ईन्स्टिच्युटले विभिन्न समयमा लिएको आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीले आंशिक छात्रवृति प्राप्त गरेका हुन् ।

एनसेलले पहिलो सिम योजना संचालन गर्दै एसर्ईई दिएका विद्यार्थीलाई ब्रिज कोर्ष अध्ययनका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको यो दोश्रो बर्ष हो ।

यस अघि कम्पनीले २०७३ सालको एसईई परिक्षा दिई विभिन्न ४२ वटा ईन्स्टिच्युटमा तयारी कक्षामा अध्यनन गरेका १२६ जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप